कांग्रेसले मनाङको प्रदेशसभाबाट जितको खाता खोल्यो

शुक्रबार, २२ मंसिर २०७४, ०८ : ४३
कांग्रेसले मनाङको प्रदेशसभाबाट जितको खाता खोल्यो

मनाङ,मंसिर २२ । पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तर्गत प्रदेशसभा तर्फ नेपाली काँग्रेसले खाता खोलेको छ। मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेद्वार चिन्तबहादुर घले विजयी विजयी भएका हुन्। घलेले निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङलाई १ सय २ मतान्तरले हराएका हुन् ।

विजयी भएका घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् भने उनका एमालेका दोर्जे गुरुङको पक्षमा ८ सय ९६ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस