एजेन्सी । सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो ।
राजधानी रियादनजिकै १४ फेब्रुबरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो । कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि यौन दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । उनीहरुमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् । महिलाहरुको सो गुनासो पछि समाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको हो ।
कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । यसैबीच, साउदी मनोरन्जन निकायकी प्रमुख तुर्की अल शेखले ऋंखलाबद्ध ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ माघ २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा
नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य
साउदीसँग एक महिनाभित्रै श्रम सम्झौता गर्न प्रस्ताव
पुटिनको साउदी र युएई भ्रमणले हलचल बढाउँदै