नेता निधिद्धारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना

शुक्रबार, २१ बैशाख २०७५, १५ : २२
नेता निधिद्धारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा डा यज्ञ अधिकारी र डा उपेन्द्र देवकोटालाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनुभएको छ । विसं २०३६ मा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा अधिकारी नेवि संघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै नेता निधिले आजै न्यूरो अस्पतालमा उपचाररत डा देवकोटालाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । डा देवकोटा विदेश उपचारपछि केही दिनदेखि यहाँ उपचाररत हुनुहुन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस