काठमाडौं । चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ ।
महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ ।
यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर
मल कारखाना स्थापनामा चीनले सघाउने