काठमाडौं। आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।
६०औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए । हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै
आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै
आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो