काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन घोषणा गरेका छन्।
बिहीबार जनकपुरस्थित शुभम् होटलमा एक कार्यक्रमबीच आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले सघाउनेछन् । यता, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु