वीरगन्ज । मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो ।
पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ । शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन् ।
स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यायो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए । तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।
चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ । चिसोबाट खासगरी वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिला बढी प्रभावित भएको नारायणी अस्पतालका फिजिसियन डा। उदयनारायण सिंहले बताए । चिसोका कारण मात्र बिरामी परेर दैनिक १०(१५ जना बिरामी आइरहेको उनको भनाइ छ । पहिले यो संख्या तीन÷चार जना जति मात्र थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ माघ २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा तातो हावाको चेतावनी
तराईमा तीन दिनसम्म तातो हावा चल्ने
तराईमा तातो हावासँगै ‘लू’को जोखिम, सतर्कता अपनाउन सरकारको आग्रह