दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।
साथै उनीहरूलाई जनही रु पाँचरपाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ माघ २०७८, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालविवाह न्यूनीकरणमा सक्रिय बाँकेका युवा
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
अझै रोकिएन बालविवाह