माघे संक्रान्तीको रौनक

धार्मीक आस्थालाई कोरोनाले रोक्न सकेन, नारायणी नदीमा स्नान गर्नेको घुँईचो  (फोटो फिचर)

प्रकाश सिग्देल

शनिबार, ०१ माघ २०७८, १० : ४९
धार्मीक आस्थालाई कोरोनाले रोक्न सकेन, नारायणी नदीमा स्नान गर्नेको घुँईचो  (फोटो फिचर)

प्रकाश सिग्देल
चितवन । आज माघे संक्रान्ती । हिन्दु धर्मावलम्बीहरुले मनाउने महत्वपुर्ण चाडपर्व मध्ये यसको पनि आफ्नै धार्मिक मान्यता रहेको छ । आज देशैभरि यो पर्व धुमधामका साथ मनाईदै छ । आजको दिनलाई विशेष गरि थारु समुदायले नया वर्ष अर्थात माघी पर्वका रुपमा मनाउदैं आएका छन् । अन्य समुदायले आजको दिन नदी, पोखरी, तलावमा गई स्थान गरि पुजापाठ तथा जप, ध्यान गरे विशेष लाभ हुने धार्मिक मान्यता रहेको छ ।

धार्मिक मान्यता अनुसार आजको दिनबाटै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्ने भएकाले यो माघ १ गतेलाई मकर भनिन्छ । आजबाट सूर्य उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण शरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । मकरकै अवसर पारेर देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका धार्मिक स्थानमा स्नान गर्ने भक्तजनको भीडभाड बढेको छ  ।

चितवन प्रशासनले पवित्र तिर्थस्थल देवघाटमा स्नानध्यानमा रोक लगाएपनि संयौको संख्यामा भत्तजनहरु देवघाट पुगेका छन् भने नारायणी नदी किनारमा हजारौको संख्यामा भत्तजनहरु पुगेर स्नान जप ध्यान पुजा आरधना गरेका छन् । नदी किनारमा जग्गे नै बनाएर भक्तजनहरुले धार्मिक बिधिपुर्वक पुजापाठ गरेका छन् । चिसो अत्याधिक बढेपनि भक्तजनहरु नदी किनारमा ठुलो संख्यामा स्नानका लागी पुगेका छन् ।

स्नान पछि मठ मन्दिरमा पुजा गरि जोगीलाई दान दिनेको भिड समेत रहेको छ । नारायणी नदी किनारमा स्नानका लागी पुगेका शिब पौडेलले धार्मीक आस्थालाई कोरोनाले रोक्न र छेक्न नसक्ने बताए । उनले भने–‘साबधानी अप्नाउदै धार्मीक आस्था र संस्कारको संरक्षण गर्न आवस्यक रहेकोले हामी यहांसम्म आएका हौं ।  त्यस्तै तराईवासीले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने गरेका छन ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । सूर्य उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।

आज स्नान, दान, व्रत, ध्यान गर्नाले पुण्य प्राप्त हुने र मनकामना पूर्ण हुने जन विश्वास छ । माघे संक्रान्ती दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले यो पर्वमा यि परिकार खाने गरिन्छ । यसैबिच यस वर्ष माघ ३ गतेदेखि स्वस्थानी व्रत कथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस