चितवन माविमा सुरक्षा कडा, गणनास्थलमा तारजाली राखियो

विहीबार, २१ मंसिर २०७४, १८ : १५
चितवन माविमा सुरक्षा कडा, गणनास्थलमा तारजाली राखियो

भरतपुर, २१ मंसिर । आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गन्ने ठाउँ चितवन माध्यमिक विद्यालयमा विशेष तयारी गरिएको छ ।

सबै क्षेत्रको मतगणना गरिने चितवन माविमा हिजोदेखि नै सुरक्षाकर्मी परिचालित छन् । आज ५ बजेपछि मतदान सकेर सबै मतपेटिका यहीं ल्याइनेछ ।

यहाँ छु्ट्टाछुट्टै तला र कोठामा तीन क्षेत्रका मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणनास्थलमा तारजाली पनि राखिएको छ । पहिले नराखिने भनिएपनि सुरक्षा चुनौतीलाई ख्याल गरी तारजाली राखिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

जिल्लाको नतिजा ४ दिनभित्र दिने तयारी भइरहेको छ । त्यसका लागि बहुस्थल गणना गर्ने तयारी गरिएको छ । गणना भने भोलि शुक्रबारबाट मात्रै सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस