मतदानपछि केपी ओलीले भने - गठबन्धनको दुई तिहाई पक्का

विहीबार, २१ मंसिर २०७४, १८ : ०६
मतदानपछि केपी ओलीले भने - गठबन्धनको दुई तिहाई पक्का

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनले दुई तिहाई ल्याउने दावी गरेका छन् । अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रले मिलेर मुलुकलाई अघि बढाउने दावी समेत गरे । भक्तपुरको बालकोटबाट मतदान गरेपछि उनले संचारकर्मीमाझ  आर्थिक समृद्धिको मुख्य एजेण्डा बनाएर मुलुक अघि बढने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष ओलीले यो निर्वाचनले मुलुक राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने दिशामा पुगेकाले आफू खुसी भएको प्रतिक्रिया पनि दिए । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन टार्ने प्रयास असफल भएको टिप्पणी पनि गरे ।

उनले निर्वाचन सार्न अनेक प्रयास भएपनि पनि त्यसलाई असफल पार्न आफूहरु सफल भएको दावी पनि गरे । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन समेत हुन नदिन सरकारले अनेक प्रयास गरेको दृष्टान्त समेत पेश गरे । अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस