यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १५ : ०८
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

 

 


 

प्रतिक्रिया दिनुहोस