राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, २० : ३५
राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक एआईजी खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाँदैछन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले अवकाश पाएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गरेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बन्न यदुलाल खरेल र यादव रेग्मी प्रतिस्पर्धामा थिए । वरीयतामा यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर थिए । मन्त्रिपरिषद्ले वरीयता अनुसार खरेललाई नियुक्त गरेको छ । उनी रुपन्देहीको बुटवलका स्थानीय हुन् । 

प्रतिक्रिया दिनुहोस