कृषि, जलविद्युत र पर्यटनमा लगानी गर्न गैर आवासीय नेपालीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १५ : ०८
कृषि, जलविद्युत र पर्यटनमा लगानी गर्न गैर आवासीय नेपालीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए । पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंशा गरे । त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस