पाल्पा । पाल्पा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट लगायत नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि अत्यावश्यक बाहेक चिकित्सकबाट हुने सेवा बन्द गरिएको छ ।
चिकित्सक र कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सूचना प्रकाशन गरेको हो । अस्पतालका निमित्त मेसुसहित १० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जना कर्मचारीमा लक्षणसहितको संक्रमण देखिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
अस्पतालले सूचना निकालेर २४ घण्टे डेलिभरी सेवा, ल्याब, सुरक्षित गर्भपतन, भ्याक्सिन र रेफर बाहेकका सबै चिकित्सकीय सेवा पूर्ण रुपमा बन्द गरिएको जनाएको उनले बताए । निमित्त मेसुसहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा लक्षणसहितको कोरोना पुष्टि भएको छ ।
पाल्पामा पछिल्लो केही दिनयता संक्रमितको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल जिल्लामा कुल २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ११ : ५७
लेखकबाट थप