कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, ०८ : २२
कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले देशका अधिकांश स्थानमा मौसम आंशिक (थोरै आकाशमा बादल) सामान्य (धेरै आकाशमा बादल) बदली छ। 

आज दिउँसो भने देशभर सामान्य बदली  रहनेछ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ साथै यी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यस्तै राति पनि देशभर सामान्य बदली  रहनेछ। अनि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सम्भावना छ भने यिनै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस