काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ ।
भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ भने २२(२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ ।निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।
निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्तागठबन्धनमा रहेका दलहरूको सोमबारको बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु