ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।
चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए ।
वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाले बताए ।
उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ पुस २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता
चिकित्सक लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर