मौसम

देशभर आंशिक बदली, देशका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, ०७ : २४
देशभर आंशिक बदली, देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तै थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र बाँकी भूभागमा आंशिक बदली  रहनेछ। यस्तै  प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस