चितवनमा २ बजेसम्म ५० प्रतिशत मतदान

विहीबार, २१ मंसिर २०७४, १४ : ३१
चितवनमा  २ बजेसम्म ५० प्रतिशत मतदान

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज देशका ४५ जिल्लामा शान्तिपूर्णरुपमा भइरहेको छ । चितवनमा पनि शान्तिपूर्णरुपमा उत्साहका साथ मतदाताहरु मतदानमा सहभागी भइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार अहिले २ बजेसम्म जिल्लामा करिब ५० प्रतिशत मतदान भइसकेको छ । जिल्लामा १६१ मतदानस्थलमा ४०८ मतदान केन्द्रमा मतदान प्रक्रिया निर्वाधरुपमा शान्तिपूर्णरुपमा भइरहेको ढकालले जानकारी दिए ।

चितवनमा प्रतिनिधि सभाका लागि ३ जना र प्रदेृश सभाका लागि ६ जना सदस्यका लागि मतदान भइरहेको छ । यसका लागि ९५ जना उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस