थारुतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षकै चार जना निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १९ : ५४
थारुतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षकै चार जना निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको थारुतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै चार जना निर्वाचित  भएको छन् । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । 

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा समाहित भएका उनीहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका उनीहरु १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिबाट अनुमोदन भएका छन् ।  रामजनमले २४२२ मत ल्याउँदा योगेन्द्रले २१६० मत ल्याएका छन् । यस्तै थारु महिलातर्फ २ सिटमा पनि देउवा पक्षकै कल्पना चौधरी र जीवन राना विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस