साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, १९ : २९
साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज  भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो  । यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ ।

बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस