सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, ११ : ३०
सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस