काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।
शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ ।
तर, पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने देउवा समूहबाट सदस्यमा पदमा उम्मेदवारी दिएका बालकृण्ण खाँणले जानकारी दिए । मतदान गरेर बाहिरिने क्रममा उनले पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने बताएका हुन् ।
देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै