‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, १७ : २९
‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक

काठमाडौं। पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा.नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नति, आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरे ।

पुस्तक लोकार्पण कार्यक्रममा पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए । उनले विश्वमै ख्याति कमाएका नेता बीपीले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु उचित नहुने बताए । डा। नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए ।

कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए। उनले पुस्तकमा भनेका बिपी आदर्श अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए ।सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस