बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट ४ जना सम्मानीत

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १२ : ४७
बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट ४ जना सम्मानीत

काठमाडौं । बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट चार जना सम्मानीत भएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा।डा। योगेन्द्रप्रसाद यादव र डा। हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस