काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।
महामन्त्री कोइरालाको यो घोषणाले कांग्रेसको संस्थापन इतर समूहलाई झस्काएको छ । कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । उनी पनि सोही समूहमा छन् । शशांकको यो घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावनासमेत टरेको छ ।
संस्थापन इतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झन्डै आधा दर्जन आकांक्षी छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार छन् ।
यी नेताहरूको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधबार संखुवासभा पुगेर महामन्त्री कोइरालाले आफू पनि उठ्ने बताएका हुन् ।
‘म महामन्त्री छु, अब सभापतिमा उठ्छु, म स्वाभाविक उम्मेदवार हो, म बलियो उम्मेदवार पनि हो,’ महामन्त्री कोइरालाले सञ्चारकर्मीहरूसँग भने ।
केही दिनअघि उनले संस्थापन इतर समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक नभए फेरि पनि उनलाई सभापतिबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । त्यसबखत उनले देउवालाई पार्टी जिम्मा लगाए हुने बताएका थिए । राजधानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ मंसिर २०७८, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला