काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ । हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ ।
महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी प्रचण्डको सचिवालयमै रहे ।
नयाँ स्वकीय सचिवको रुपमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको चर्चा छ ।यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुंगो लागेको छैन ।‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ माओवादीका एक नेताले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १६ : ०५
लेखकबाट थप