काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।
लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० कार्तिक २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी
उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
इद-उल-फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ : उपराष्ट्रपति यादव