बेलायत जानुअघि प्रधानमन्त्री देउवाले गरे शपिङ

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १२ : ३८
बेलायत जानुअघि प्रधानमन्त्री देउवाले गरे शपिङ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन शुक्रबार बेलायत भ्रमणमा जाँदैछन् ।

त्यसअघि उनले बिहिबार किनमेल गरेका छन् । सुरक्षा स्रोतका अनुसार बिहिबार दिउँसो देउवा किनमेल गर्न राजधानीको कमलपोखरीस्थित सिटी सेन्टर पुगेका हुन् । केहि सुरक्षाकर्मीको साथमा उनी त्यहाँ पुगेका थिए । उनले त्यहाँ केहि सामानहरु किनेर बाहिरिएका छन् ।

बेलायत भ्रमणमा प्रधानमन्त्री देउवासँगै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव पनि सहभागी हुनेछन् । नोभेम्बर ४ को बिहान प्रधानमन्त्री देउवा काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस