काठमाडौं । केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् ।
तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उनको कुनै धारणा आएको छैन ।
०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् । अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् । श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताइन् । त्यसपछि उनीहरूले सम्बन्ध बिच्छेद गरे ।
श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गरे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाइन्- निकेश सिलवाल । केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गरेकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन ।
पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १६ : १९
लेखकबाट थप