वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १३ : ३३
वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका पुनमा जन्डिसको समस्या देखिएको हो । उनलाई बुधबार उपचारका लागि थाइल्याण्ड लैजाने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो । अहिले पनि सोही अस्पताल लैजान लागिएको हो ।

प्रतिक्रिया दिनुहोस