इलाममा खोलाले बगाउदा  नौ वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १२ : ५५
इलाममा खोलाले बगाउदा  नौ वर्षीया बालिकाको मृत्यु

इलाम । इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी  नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो ।

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो । 

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 
 

प्रतिक्रिया दिनुहोस