५० लाख धरौटीमा छुटे चुणामणि शर्मा

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १८ : ०३
५० लाख धरौटीमा छुटे चुणामणि शर्मा

काठमाडौं । बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव  चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ । 

सोमबार विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मासँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । त्यसपछि  शर्माले धरौटी रकम बुझाएर छुटेका हुन् । निलम्बित सहसचिव शर्मा विशेष अदालतमा आज नै उपस्थित भएर बयान दिएका थिए । 

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस