सकियो ३२ लाख घरको गणना

पत्रपत्रिकाबाट

सोमबार, ११ असोज २०७८, ०८ : ३१
सकियो ३२ लाख घरको गणना

काठमाडौं । घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ। गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो। कतिपय  घरपरिवारको  प्रतिवेदन  आउन  बाँकी  छ ।  सबै आउँदा  यो  सङ्ख्या  अझै  बढ्छ।  

 सुपरिवेक्षकले  दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका छन्। घर तथा घरपरिवार गणना कार्यका लागि आठ हजार पाँच सय जना सुपरिवेक्षक देशभर खटिएका छन्। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस