जोमसोम । उपल्लो मुस्ताङ क्षेत्रमा पहिलो पटक दुर्लभ प्रजातिको नयाँ चरा भेटिएको छ । यस क्षेत्रमा नेपालमै दुर्लभ मानिएको ठेउवा प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ । ‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’नामबाट चिनिने सो प्रजाति नेपालमै पहिलो पटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो ।
धार्मिक कला संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिरहरू कैद गरेका थिए ।
पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरु सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आँकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’जोमसोमरलोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।
तस्बिर खिचेर पठाएपछि उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’नै हो भन्नेमा उनी विश्वस्त भए । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई सो चराको विभिन्न तस्बिरहरू पठाइएको थियो ।
बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चरा विदहरु डा। हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्य लगायतले सो चरा ‘युरोपियन रोलर’नै भएको र हालसम्म सो चरा नेपालमा अभिलेख नभएको बताएका छन् । चरा अवलोकनमा रुची राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साही भएको बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०४ असोज २०७८, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली–कञ्चनपुर आइपुगे साइबेरियाका चरा
गुल्मीमा भेटिए नयाँ प्रजातिका आठ चरा
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा पहिलोपटक भक्तपुरमा देखियो
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला
४४ वर्षपछि नेपालमा देखियो विश्वकै दुर्लभ चरा