साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार : देउवा

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १९ : ५०
साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरु (नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । सरकार गठनको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा देउवाको आलोचना चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस