गाँजाको प्रतिवन्ध हटाउन अभियान चलाउँदै आएका राजीव काफ्ले पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १९ : १२
गाँजाको प्रतिवन्ध हटाउन अभियान चलाउँदै आएका राजीव काफ्ले पक्राउ

काठमाडौँ । पछिल्लो समय गाँजामाथिको प्रतिवन्ध हटाउनुपर्छ भनेर अभियान चलाउँदै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । उनी एचआईभी संक्रमितहरुका लागि पनि काम गर्दै आएका थिए । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।

ब्यूरोले ‘हिप्पी हिल’का एकजना कामदार र त्यहाँ गाँजा किन्न आएका ग्राहकलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा काफ्लेलाई पक्राउ गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस