उद्योग बाणिज्य संघ गैंडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १५ : २६
उद्योग बाणिज्य संघ गैंडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

नवलपुर । उद्योग बाणिज्य संघ गैंडाकोटका कोषाध्यक्ष सामाजिक व्यत्तित्व युवा नेता शालिकराम सापकोटा नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदका लागि गैंडाँकोट ५ बाट निर्विरोध चयन भएका हुन् ।गैडाकोट ५ मा जय लक्ष्मी सप्लायर्स संन्चालन गरेका सापकोटा बिद्यार्थी जिवन देखि नै काँग्रेस राजनितिमा सक्रिय भएका थिए । शिक्षामा स्नातक गरेका सापकोटा कांग्रेसमा सरल र सहज व्यक्तिका रुपमा परिचित छन् ।  

विद्यार्थी जीवनमा बालकुमारी कलेजमा नेवि संघको सचिव समेत भएका थिए भने उनि ३० वर्षदेखि क्रियाशिल रुपमा पार्टिमा काम गरेका छन् ।पछिल्लो समय काग्रेसमा नया पुस्ता तथा युवा पुस्ताहरु निर्वाचित हुने क्रम बढेको छ ।  

राजनितिमा नया पुस्ता आउदा त्यसले राजनितिलाई पारदर्शी र जनहितमा बदलिने सापकोटाले बताए । सापकोटाले गैडाकोटमा रहेर धेरै संघ संस्थामा सक्रिय रुपमा प्रभावकारी भुमिका खेलेका छन् ।समाजमा भएका विकृति तथा विसंगतिलाई हटाउने अभियानमा आफू निरन्तर लागिरहने सापकोटाले बताए ।  

प्रतिक्रिया दिनुहोस