गृहमन्त्रालयले गर्यो काठमाडौंका सीडीओ परिवर्तन , पराजुलीको ठाउँमा रिजाल

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १३ : ०६
गृहमन्त्रालयले गर्यो काठमाडौंका सीडीओ परिवर्तन , पराजुलीको ठाउँमा रिजाल

काठमाडौं । गृहमन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले बताएको छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस