कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, ०९ : ३५
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा  वर्षाको सम्भावना रहेको जनाएको छ ।

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यस्तै पश्चिमी तराई नजिक मनसुनको न्यून चापिय रेखा रहेकाले बदली तथा वर्षा हुने देखिएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस