काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालयकाका अनुसार बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।
राति साढे २ बजेदेखि पानी बिहान ६ बजे सम्म पर्दा त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने
वर्षाले किसानलाई राहत
काठमाडौंमा वर्षाः वायु प्रदूषणमा केही राहत
भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट
चीनमा वर्षाका कारण राजमार्ग डुबानमा, ३४ जनाको मृत्यु
पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो