राष्ट्र बैंक घेराउ गर्ने  सेयर लगानीकर्ताको चेतावनी

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १४ : १५
राष्ट्र बैंक घेराउ गर्ने  सेयर लगानीकर्ताको चेतावनी

काठमाडौं । सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेको छ ।

३२ सय अंक नजिक पुगेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक पछिल्लो साताभरमा २६ सय अंक तर्फ अगाडी बढिरहेको छ । बजार घट्नुको कारण गर्भनर भएकाले केन्द्रीय बैंकको केन्द्रीय कार्यालय घेर्ने चेतावनी लगानीकर्ताले दिएका हुन् ।

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिए राष्ट बैंक घेर्ने चेतावनी दिए । उनले गभर्नरको राजीनामा माग्दै केन्द्रीय बैंक घेर्न देशभरबाट लगानीकर्ता राजधानीमा बोलाउने समेत बताए ।सेयर बजारमा सकरात्मक प्रभाव ल्याउन चाहिने आवश्यक नीति आज दिनभरमा ल्याइसक्न गर्भनर महाप्रसाद अधिकारीलाई समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस