आज नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, ०८ : ३१
आज नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । आज साँझ ५ः३० बजेको समयमा नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । 
बिहीबार दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ गोल गरेका थिए ।

दोस्रो मैत्रीपूर्ण खेल पनि सोही ठाउँमा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रीपूर्ण खेलको लागि नेपाल आएको हो । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । 

नेपाल पनि विगत दुई महिनादेखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो । पहिलो खेल हुने अघिल्लो दिनमात्र अखिल नेपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस