काठमाडौं । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै इन्द्रजात्राको पूजा घरभन्दा बाहिर नलिइने भएको छ । असोज २ गतेदेखी हुने ईन्द्रजात्रामा घरभन्दा बाहिर पूजा नलिने निर्णय भएको लाखे आजु गुठीले जनाएको छ ।
वसन्तपुरमा लामो समयदेखी ईन्द्रजात्रा व्यवस्थापनको काम गर्दै आएको गुठी परिवारले कोरोनाका कारण आगामी असोज २ गतेदेखी आयोजना हुने पुजा घर भन्दा बाहिर नलिने निर्णय गरेको हो ।
गुठिले आज वसन्तपुरमा छलफल गरी इन्द्रजात्रा मर्यादित ढङ्गले सञ्चालन गर्ने र घरबाहिर पुजा नलिने निर्णय गरेको हो । छलफलमा सहभागी बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोभिड १९ संक्रमणबाट बच्न मर्यादित ढंगले जात्रा आयोजना गर्न यस्तो निर्णय गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज इन्द्रजात्रा पर्व मनाईँदै, राष्ट्रपतिले अवलोकन गर्ने
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै