नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिन्, एन्नी फर्नान्डेज विजयी

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १२ : २५
नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिन्, एन्नी फर्नान्डेज विजयी

एजेन्सी । साविक विजेता जापानकी नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।

आज बिहान भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरीयताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाएकी थिइन् ।

१८ वर्षीया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७–५ ले जितेकी थिइन् । त्यसपछिको सेटमा ओसाका ७–६, ७–२ र ६–४ ले पराजित भइन् । महिलातर्फ नै जर्मनीकी एन्जलिक केर्बेरले चौथो चरणमा स्थान पक्का गरेकी छिन् ।

केर्बेरले अमेरिकी खेलाडी सलोनी स्टेफेन्समाथि ५–७,६–२ र ६–३ को सेटमा जित हात पारिन् ।यस्तै स्पेनकी गार्बिन मुगुरुजा बेलारुसकी भिक्टोरिया एजेरिन्कालाई ६–४,३–६ र ६–२ को सेटमा हराएर चौथो चरणमा पुगेकी छिन् । बेल्जियमकी एलिस मेर्टेन्सले पनि चौथो चरणमा स्थान बनाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस