पारा ओलम्पिक: पहिलो खेलमै नेपालकी पलेशा पराजित

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १२ : २१
पारा ओलम्पिक: पहिलो खेलमै नेपालकी पलेशा पराजित

काठमाडौं । टोकियो पारा ओलम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् ।

शुक्रबार बिहान भएको राउन्ड अफ १६ अन्तर्गतको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग २१ दशमलव ८ ले पराजित भएकी हुन् । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

अब पलेशाले रिपेचेज राउन्डमा प्रतिस्पर्धा गर्ने छिन् । यो राउन्डबाट दुई खेलाडीले कास्य पदक पाउनेछन् । यसमा भने पलेशालाई पदक जित्ने अझै मौका छ ।पारा ओलम्पिकमा एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छ।


 

प्रतिक्रिया दिनुहोस