विश्वकप छनौट : इंग्ल्याण्ड विजयी, इटाली रोकियो

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १२ : १०
विश्वकप छनौट : इंग्ल्याण्ड विजयी, इटाली रोकियो

एजेन्सी । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन राइसले एक एक गोल गरे ।

विश्वकप छनौटमा यो इंग्ल्याण्डको लगातार चौथो जित हो । जितसँगै इंग्ल्याण्डले समुह आईमा दोस्रो स्थानको पोल्याण्डसँग ५ अंकको अग्रता लिएको छ । पोल्याण्डले गएराति अल्बानियालाई ४–१ ले हरायो ।

समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीलाई बुल्गेरियाले १–१ गोलको बराबरीमा रोक्दा उत्तरी आयरल्याण्डले लिथुआनियालाई ४–१ ले पाखा लगायो ।

गएराति भएका अन्य खेलहरुमा स्विडेनले स्पेनलाई २–१ ले हराउँदा जर्मनीले लिचेस्टाइनमाथि २–० को तथा बेल्जीयमले इस्टोनियामाथि ५–२ को जित निकाले । यसैगरी कोसोभोले जर्जीयालाई १–० ले, रोमानियाले आइसल्याण्डलाई २–० ले तथा चेक गणतन्त्रले बेलारुसलाई १–० ले पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस