२ चेपाङ र एक दलित बालबालिकाका अभिभावक बने गृहमन्त्री बादल

बुधबार, ०५ बैशाख २०७५, १९ : ५८
२ चेपाङ र एक दलित बालबालिकाका अभिभावक बने गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको विकट शक्तिखोर गाउँका २ चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन्  । शक्तिखोर स्थित चतुरमुर्खी माध्यामिक विद्यालयमा आजोजित कार्यक्रममा उनले स्थानीय शहनशिला चेपाङलाई कक्षा तीनमा र अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपाङ दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका हुन् ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले उनीहरु भविश्वका कर्णदार भएकाले उच्च शिक्षा पढेर देशको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे । चेपाङ समुदायमा विद्यालय जाने प्रतिशत कम छन् । यो अभियानले एउटा सन्देश जाने विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरीले बताए ।

तीन बालबालिकालाई भर्ना गराएपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षप गरेरै भएपनि सुरक्षा प्रदान गर्ने बताए ।

उनले कार्यक्रममा बोल्दै अब द्रुत गतिमा विकास गर्नु जरुरी भएको उल्लेख गरे । आज चितवनका विभिन्न कार्यक्रममा सरिक भएका गृहमन्त्री थापाले उक्त कार्यक्रममा भने, ‘अब हाम्रा अगाडी नयाँ कार्यभार छन्, त्यो भनेको विकासको कार्यभार हो ।’ उनले विदेशमा भौतारिरहेका युवाहरुलाई स्वदेश फर्काउने चाहना सरकारको रहेको समेत बताए । यसका लागि देशलाई समृद्धिको शिखरमा पुर्याउनु पर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस