नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १२ : १८
नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी पीएनजीसँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारणलाइभ हुने भएको छ ।मंगलबार नेपाल क्रिकेट संघ क्यान र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ ।

क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए ।नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।

पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा-रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा९रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो ।पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस